प्रचण्डका भाई नारायण दाहालले लिए राष्ट्रियसभा सदस्यको सपथ

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहालले सपथ लिएका छन् ।सिंहदरबारमा आयोजित एक समारोहबीच अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ गराएका छन् ।

विहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनीत गरेकी हुन् ।

उनी माओवादी अध्यक्ष प्रचण्डका भाइ (काकाका छोरा) हुन् ।दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका काकाका छोरा हुन् भने उनी पार्टीको केन्द्रीय सदस्य पनि छन् ।

रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा उनी मनोनीत भएका हुन् ।

  • २९ चैत्र २०७८, मंगलवार १३:५८ प्रकाशित