मेलम्चीको पानी सुरुङमा पठाइयो, १५ दिनभित्र काठमाडौं पुग्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंबासीले अब मेलम्चीको पानी पिउन पाउने भएका छन् ।

आजदेखि मेलम्चीको पानी सुरुङमा पठाउन थालिएसँगै अबको १० –१५ दिनमा काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउने भएका हुन् । टनेल सफा गर्ने काम सकिएपछि आज बिहान ११ः ५५ मा खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी भर्न सुरू गरिएको छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेसँगै सुरुङमा पानी भर्न थालिएको हो ।चैत मसान्तसम्ममा काठमाडौंबासीलाई पानी खुवाउने भनिए पनि केही ढिलो भएको समितिले जनाएको छ ।

टनेलभित्र लेदो भेटिँदा सफा गर्न समय लागेकोले पानी पठाएपछि वैशाखको दोस्रो सातोदेखि मात्रै काठमाडौंबासीले पानी खान पाउने भएका छन्।

  • २९ चैत्र २०७८, मंगलवार १३:४५ प्रकाशित