भागबण्डा मिलाउन गठबन्धनको ‘निर्णायक’ बैठक आज

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ गठबन्धनले आज तालमेलको मोडालिटी बनाउने भएको छ ।

स्थानीय निर्वाचनमा चुनावी तालमेल गरेर जाने बताउँदै आएको गठबन्धनले मोडालिटी भने अझै बनाउन सकेको छैनन् ।

मोडालिटी बनाउनेबारे गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बस्दै छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सफल बनाउनेबारे विषयमा छलफल हुने बताए ।

उनले भने, ‘गठबन्धनका उम्मेदवार जिताउनेबारे विस्तृत छलफल भएको हुन्छ । चुनावी तालमेलको मापदण्डबारे पनि निष्कर्षमा पुग्छौँ ।’ गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए ।

देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न हिजोको बैठकमा गठबन्धनका नेताहरुले आग्रह गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले पनि आजको बैठकले संयन्त्रमार्फत तालमेलको मापदण्ड तयार पार्ने बताए ।

  • २९ चैत्र २०७८, मंगलवार ०८:४० प्रकाशित