काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले देशमा आर्थिक संकटको अवस्था आयो भनेर गलत प्रचारबाजी भइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतन्त्रका सुचकहरु सार्वजनिक गर्दै अर्थतनत्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए ।
‘आम जनमानस र व्यवसायिक जगतलाई हतोत्साहित गर्न हुँदैन, राजनीतिकरण गर्नु हुँदैन,’ उनले भने,’अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार गर्नुपर्ने अवस्था छैन ।’
उनले सतर्क भएर जान अर्थमन्त्रालय लागेको भन्दै संकट टार्न विभिन्न निर्णयहरु गर्न मन्त्रिपरिषदमा प्रस्ताव पुगेको बताए ।शर्माले सार्वजनिक ऋण वाञ्छित सीमाभित्रै रहेको बताए । उनका अनुसार नेपालको कुल सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब मात्रै रहेको उनले जानकारी दिए ।
यो कुल गाहस्थ्र्य उत्पादनको ४३।४ प्रतिशत हुने उनले बताए । जुन दक्षिण एसियाको अन्य मुलुकको तुलनामा न्युन भएको उनको दावी छ ।