४५ लाख २२ हजार मतपत्र छपाई सकियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सोमबार पत्रकार सम्मेलन गरेर २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जानकारी दिएको छ । अन्य मतपत्र पनि छाप्ने काम जारी रहेको आयोगको भनाइ छ ।

आयोगले सबै स्थानीय तहका निर्वाचन अधिकृतलाई एक एक प्रति मतदाता नामावली पठाइएको पनि जनाएको छ ।

  • २८ चैत्र २०७८, सोमबार १६:३३ प्रकाशित