पोखरा ।
हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ भने बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ ।
राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ भने बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ ।