सार्थक हस्तक्षेप नगरे श्रीलंकाको जस्तो संकट आउन समय लाग्दैन : विष्णु पौडेल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सार्थक हस्तक्षेप नगरे मुलुक श्रीलकां जस्तै बन्न समय नलाग्ने भन्दै सचेत गराएका छन् ।

नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले मुलुकको आर्थिक अवस्था जोखिमउन्मुख रहेको भन्दै सकारात्मक हस्तक्षेप नगरे श्रीलंकाको जस्तो सकंट आउन समय नलाग्ने बताएका हुन् ।

उनले भने, ‘सार्थक हस्तक्षेप गरेनौं भने, समस्या समाधानका लागि सकारात्मक कदम चालेनौं भने श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन,मन्त्री वा प्रधानमन्त्रीले दाबी गरेर संकटबाट बाहिर निस्कन सक्दैन ।’

नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा उनले एमालेले सुदृढ अर्थतन्त्र छाडेर विदा भएको तर अहिलेको सरकारले ९ महिनामै आर्थिक अवस्था अत्यन्त जोखिमको अवस्थाबाट गुज्रिएको दावी गरे ।

  • २७ चैत्र २०७८, आईतवार १३:४७ प्रकाशित