काठमाडौं ।
नजिकिएको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज(शुक्रबार) काठमाडौंमा शक्ति प्रदर्शनसहित वृहत आमसभा आयोजना गरेको छ ।
आमसभा अहिले काठमाडौंको खुलामञ्चमा शुरु भएको छ । आमसभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी, नेता कुन्ती शाही, रेखा थापा लगायतका नेताहरू खुलामञ्चमा पुगेका छन् । उनीहरुले सम्बोधन गर्नेछन् ।
आमसभा सुरु हुनुअघि सो पार्टीका नेता तथा कार्यकर्ताले काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहितको र्याली निकालेका थिए । चुनावको मुखमा राजधानीमा आफ्नो शक्ति देखाउने उद्देश्यका साथ राप्रपाले आमसभा गरेको हो ।
गत मंसिरमा भएको राप्रपा महाधिवेशनबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका थिए। लिङ्देन अध्यक्ष बनेपछि राप्रपाले पहिलो पटक काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो।














