काठमाडौं ।
काठमाडौंको एक जंगलमा एक छात्रा मृत भेटिएकी छिन् ।
चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई बिहिबार गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत भेटिएकी हुन् ।
पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको दाग देखिएको छ । घटनास्थलमा ब्लेड र विषको बट्टा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ ।