छिमेकीको सेप्टिक ट्यांकीमा बालकको शव भेटियो : हत्याको आशंका

केन्द्रभाग मिडिया

dead

जनकपुरधाम ।

पाँच दिनदेखि हराएका बालक छिमेकीको सेप्टिक ट्यांकीमा मृत भेटिएका छन् ।

सर्लाहीको मलंगवा नगरपालिका १२ गम्हरियाका १० वर्षीय आकाश ठाकुरको शव सेप्टिक ट्यांकीभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।बिहीबार बिहान छिमेकी जगदिश ठाकुरको घरमै टाँसिएर रहेको शौचालयको सेप्टिक ट्यांकीभित्र बालकको शव भेटिएको हो ।

बालकको हत्या गरी शव बोराभित्र हालेर सेप्टिक ट्यांकीमा फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २० चैतमा गाउँमै आयोजना गरिएको भोज खान जाँदा हराएका आकाश राति अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्दै जाँदा प्रहरीले बालकको शव फेला पारेको हो ।

प्रहरीले बालकका छिमेकी जगदीश ठाकुरसहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।

 

  • २४ चैत्र २०७८, बिहीबार १५:३० प्रकाशित