चितवन ।
भरतपुर महानगरपालिकाको मेयरमा पुन रेनु दाहाललाई दोहोर्याउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल लागि परेका छन् ।
जसरी पनि तालमेल गरेरै छोरी रेनुलाई पुन मेयरमा उठाउने संकेत यसअघिका अभिव्यक्तिमा प्रचण्डले व्यक्त गरेका छन् । यसैबीचमा नेपाली कांग्रेसले भने यसपाली भरतपुरको प्रमुख नछाड्ने अडान लिइरहेका छन् ।
प्रमुख पदको उम्मेदवारका लागि नेपाली काँग्रेस चितवनले दबाब बढाउँदै लगेको छ । महानगर प्रमुखको उम्मेदवार कुन दलको हुने भनेर सत्ता गठबन्धनमा बहस चलिरहँदा चितवन कांग्रेसका नेताहरूले केन्द्रीय स्तरमा आफ्ना नेताहरूमाथि दबाब बढाउन थालेका छन् ।
चितवन काँग्रेससभापतिसहितका नेताहरूले बिहीबार काँग्रेसवरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरको प्रमुख कांग्रेसले नछाड्ने बताएका छन् । स्थानीय स्तरको आवश्यकता र औचित्यका आधारमा पनि भरतपुर कांग्रेसले पाउनुपर्ने भन्दै उनीहरूले कुनै पनि हालतमा छाड्न नसकिने बताएका छन् ।
‘