कर्मचारी कुटेको आरोप लागेका मन्त्री मनाङे भन्छन : सम्झाएको मात्रै हुँ, कर्मचारी त चोरै हो

केन्द्रभाग मिडिया

पोखरा ।

कर्मचारीलाई हातपात गरेको आरोप लागेका गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले आफूले हातपात नगरेको दाबी गरेका छन्।

शाखा अधिकृत तथा मन्त्रालयका सूचना अधिकारीसमेत रहेका प्रकाश ओझामाथि मन्त्री मनाङेले हातपात गरेको आरोप लागेको छ । तर, मन्त्री मनाङेले आफूले हातपात नगरेको दाबी गरेका हुन् ।

उनले कर्माचारीलाई चोर भने । मनाङेले भने , ‘कर्मचारी त चोरै हो, अलिकति गाली गरे पनि हातपात भनिहाल्छ। तर चोरहरूले ठगेर खान पाएको छैन, मैले कुट्यो भने त त्यो मर्छ। त्यस्ता चोरहरूलाई कुट्ने मेरो बानी छैन।’

आफूले कर्मचारी नकुट्ने र कुट्ने काम पुलिसको रहेको उनले जिकिर गरेका छन्। युवा स्वरोजगार कार्यक्रम बेच्ने, आफ्नो मान्छेलाई नियुक्ति गरेको थाहा पाएपछि सम्झाएको मन्त्री मनाङेले बताए ।

‘‘म त आफैँ छक्क परिरहेको छु, यस्तो चोरहरू कहाँबाट लोकसेवा पास भयो भनेर। यस्तो काम नगर भनेर सम्झाएको हुँ। मैले बाहिरको कुरा सुनेर गाली गरेको हो,’ उनले भने।

  • २३ चैत्र २०७८, बुधबार १७:३४ प्रकाशित