नेपाल बारको मतगणना सुरु: गठबन्धनको अग्रता

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा हालसम्म सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दल निकट कानुन व्यवसयासीको अग्रता लिएका छन् ।

काठमाडौं बाहिरका ६ जिल्ला र सर्वोच्च बारको १००सहित ६ सय मतगणना हुँदासम्म गठबन्धनका उम्मेदवार गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन् । उनले ३ सय ९ मतसहित अग्रता लिइरहेका छन् । उनलाई नेकपा ९एमाले० निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन ९पीपीएलए०का उम्मेदवार १ सय ६८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महासचिवमा गठबन्धनका उम्मेदवार अञ्जिता खनालले २ सय ८१ मत प्राप्त गरेकी छन् । उनलाई पीपीएलएका महासचिव उम्मेदवार केदार कोइरालाले २ सय ३ मत ल्याएर पछ्याइरहेका छन् ।

नेपाल बार एसोसिएसनको अनुसार साढे ३ बजेसम्म सर्लाही, इलाम, महेन्द्रनगर, विरगन्ज, झापा र दिपायलको मतगणना सकिएको छ । त्यस्तै सर्वोच्च अदालत बार एसोसिएसनको एक सय मत पनि गणना भइसकेको छ । मतगणना सकिन अझै ३ दिन लाग्ने बताइएको छ ।

नेपाल बार एशोसिएसनको २६ औं केन्द्रीय कार्यसमितिका लागि चैत १९ गते मतदान भएको थियो ।

  • २२ चैत्र २०७८, मंगलवार १६:५६ प्रकाशित