चैत ३० देखि फेवा महोत्सव : यी हुन् महोत्सवका आर्कषण

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली नयाँ वर्षको अवसरमा फेवा महोत्सव हुने भएको छ ।

१७ औँ फेवा महोत्सव चैत ३० देखि वैशाख १ गतेसम्म पोखरास्थित लेकसाइडको ३ कि.मि. खुल्ला सडकमा सञ्चालन हुने आयोजक होटल संघ पोखराले जानकारी दिएको छ । महोत्सव लेकसाइडको फिष्टेल गेट देखि हल्लनचोक सम्मको मुख्य सडकमा हुनेछ ।

‘पर्यटन, संस्कृति र खाना’ भन्ने नारासहित नेपाली संस्कृतिको संरक्षण र खानाको प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित महोत्सवको सम्पूर्ण तयारी सकिएको संघले जनाएको छ ।

महोत्सवको उद्घाटन अघि ड्याम साइड र खहरेचोकबाट विविध सांस्कृतिक झाँकी सहितको र्याली निकालिने भएको छ । उत्कृष्ट झाँकी प्रस्तु गर्ने संस्था र आमा समूहलाई नगद पुरस्कारको प्रदान गरिने भएको छ ।

महोत्सवको मुख्य आर्कषणमा सडकमै विभिन्न खानाका परिकारहरु,विविध साँस्कृतिक झाँकी प्रस्तती , ख्याती प्राप्त कलाकार एवम् स्थानीय कलाकारहरुको पप कन्सर्ट ,हास्यवयङ्गय, नृत्य सहित विविध साँस्कृतिक कार्यक्रम महोत्सवको मुख्य आर्कषण रहेको छ । महोत्सवमा अम्बोट र सेन्टर प्वाइन्टमा स्टेज बनाईनेछ ।

कोरोना महामारीले थलिएको पर्यटनलाई उठाउन महोत्सवले विशेष भुमिका खेल्ने आयोजकले आशा लिएको छ । महोत्सवको अवसरमा संघले आन्तरिक तथा बाह्य पाहुनालाई ३० प्रतिशत छुटको व्यवस्था गर्ने भएको छ। महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

 

 

 

अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा आफ्नो मौलिक संस्कृतिको रक्षा गर्नका लागि नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउने गरि महोत्सवलाई भव्य बनाइने आयोजकको तयारी छ ।

महोत्सव सम्पन्न गर्न र्सघका अध्यक्ष लक्ष्मण सुवेदीको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छ । आन्तरिक पर्यटन प्रर्वद्धन र महोत्सवको प्रचारको लागि संघले बुटवल, हेटौंडा र विरगञ्जमा ‘जाउँ है पोखरा ’ अभियान सञ्चालन गरेको थियो ।

कोभिड– १९ का कारण दुई बर्षसम्म स्थगित् महोत्सवलाई यसपटक सडकमा आयोजना गरी निरन्तरता दिन लागिएको संघले जनाएको छ । अन्नपूर्ण केवलकार प्रालि र गोर्खा ब्रुअरी प्रा.ली. महोत्सवको मुख्य प्रायोजक रहेका छन् ।यस्तै एनालग इन्क, रियल जुस, कोकाकोला प्रायोजक र डिजिटल पेमेन्ट पार्टनरमा फोन पे प्रा.लि. एम्युजमेन्ट पार्टनरमा पोखरा डिज्नील्याण्ड फन पार्क र नेपाल पर्यटन बोर्ड प्रर्वद्धक रहेका छन् ।

  • २२ चैत्र २०७८, मंगलवार १४:०१ प्रकाशित