बुद्ध एयरको जहाजमा खरायो ठोक्कियो

केन्द्रभाग मिडिया

File Photo

दाङ ।
बुद्ध एयरको जहाजमा खरायो ठोक्किएको छ ।

नेपालगञ्ज विमानस्थलमा सोमबार राती ल्याण्ड हुने बेलामा हवाई जहाजमा खरायो ठोक्किएको हो । काठमाडौंबाट नेपालगञ्ज गएको बुद्ध एयरको जहाज अवतरण हुने बेला राति पौने आठ बजे खरायो ठोक्किएको हो ।

जहाजमा खरायो ठोक्किएपछि केहीबेर उडान अवतरण रोकिएको थियो । जहाज ल्यान्ड हुनेबेला ठोक्किएको खरायोको मृत्यु भएको छ ।

नेपालगञ्ज विमानस्थलमा यसअघि पटक–पटक जहाजमा बँदेल ठोक्किएको थियो । बँदेल ठोक्किने क्रम बढेपछि विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाइ गरेको थियो ।

  • २२ चैत्र २०७८, मंगलवार ०९:०४ प्रकाशित