एजेन्सी ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन् ।
संसदले उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले संसद विघटन गरेका हुन् । उनले राष्ट्रपतिसमक्ष संसद विघटनका गर्नका लागि सिफारिस गर्दै प्रधानमन्त्री खानले चुनावको तयारी गर्न जनतालाई अपिल गरेका छन् ।
पाकिस्तानमा दुई सदनात्मक संसदीय व्यवस्था छ । तल्लो सदनलाई राष्ट्रिय सभा भनिन्छ भने माथिल्लोलाई सिनेट भनिन्छ । आफूविरुद्धको अविश्वासको प्रस्ताव आएसँगै खानले तल्लो सदन ३४२ सदस्यीय राष्ट्रिय सभा विघटन गरेर चुनावमा जाने घोषणा गरेका हुन् ।
उनले भने, ‘देशका जनताले चुनावको तयारी गर्नुपर्छ । यसको भाग्यको निर्णय गर्ने अधिकार अरु कसैलाई छैन, यहाँका जनताले निर्णय गर्नेछन् ।’