पोखरा ।
नेपाल ट्राईयाथलन संघको आयोजनामा एशिया ट्रायथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप भोली शनिबार हुने भएको छ । पोखराको फेवातालमा हुने खेलको सम्पूर्ण तयारी पुरा भएको संघले जनाएको छ ।
प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरि ७ राष्ट्रका पुरुष तर्फ ४० र महिला तर्फ २३ गरि ६३ खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा खेलाडीहरुले ७५० मिटर पौडी, २० मिटर साईक्लिङ्गका लागि प्रतिष्पर्धा गर्नेछन् । त्यस्तै ५ कि.मि. मा दौड प्रतियोगिता हुने भएको छ।
अघिल्लो संस्करणमा उक्त दुरी जापानका माकोतो ओदाकुराले ५४ मिनट ५७ सेकेन्डमा पार गरेका थिए । यस्तै महिला तर्फ भारतकी प्रग्न्या मोहनले १ घन्टा ९ मिनट २३ सेकेन्डमा पुरा गर्दै च्याम्पियन भएकी थिईन् ।