काठमाडौं ।
काठमाडौंमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ ।
आज बिहान ८ः ३० बजे टिपरको ठक्करबाट गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत सृष्टि र श्रेया घिसिङको ज्यान गएको प्रहरीले जनाएको छ।
बाबा रोहन घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिदाँ दुई बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।
घिसिङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ ।