सेती नदी तिरभिर संरक्षण समूहले महानगर प्रमुखलाई बुझायो ज्ञापनपत्र

केन्द्रभाग मिडिया

पोखरा ।
सेती नदी रामघाट तीरभिर संरक्षण समुहले पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार महानगरमा पुगी समूहले मेयार जिसीलाई ज्ञापन पत्र बुझाएको हो । समूहले सार्वजनिक निजी साझेदारी मोडेलमा रामघाट क्षेत्रमा सेती नदी स्थायी ड्याम निर्माण गर्ने योजनाको समर्थन गरेको छ ।

योजनाले उक्त क्षेत्रको जोखिम न्यूनीकरणका लागि उठाएको कदमले स्थानीयलाई उत्साहीत बनाएकाले जनसरोकारहरुको समर्थन रहेको विज्ञप्तीमा जनाइएको छ । तर उक्त योजना अगाडी नबढेको भन्दै सेती नदी तिरभिर संरक्षण समूहले परियोजना छिटो संचालनमा ल्याउन महानगर समक्ष माग गरेको छ ।

पोखरा महानगर ९, १० र ११ नम्बर वडामा पर्ने सेती नदि प्राकृतिक सम्पदा सभ्यता मात्रै नभइ पोखराको विकास निर्माणको आधारशिलाको स्तम्भ को रुपमा रहेकाले त्यसको विकास सगै स्थानीय क्षेत्रको संरक्षण पनि हुने समूहले विश्वास व्यक्त गरेको छ ।

योजनाको पक्षमा १० वटा टोल संस्थाको समर्थन रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिका संयोजक किसान विश्वकर्माले स्थानीय सरकारका जनप्रतिनितिले यही कार्यकालमा निर्माण प्रारम्भ गर्नुपर्ने आफुहरुको माग रहेको बताए । समूहले ड्याम, तिरभिर संरक्षणको टेण्डर प्रकाशन गरे बमोजिम नै कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएको छ ।

 

  • ११ चैत्र २०७८, शुक्रबार १६:२८ प्रकाशित