एमाले बैठक आज सकिँदै : ओलीको प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव राख्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज सकिदैँछ । हिजो बुधबारबाट सुरु भएको बैठकमा निर्धारित ११ वटा एजेन्डामाथि छलफलको निर्णय सुनाएर समापन हुने एमालेले जनाएको छ ।

स्थानीय तह निर्वाचन केन्द्रीत रणनीति तय गर्न बसेको बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको १५ पेज लामो राजनीतिक प्रतिवेदन पेश भएको थियो । अध्यक्ष ओलीको प्रतिवेदनमाथि आजको बैठकमा केन्द्रीय सदस्यहरुले सुझाव राख्नेछन् ।

एमालेले प्रतिवेदनमाथि सकभर लिखित सुझाव राख्न भनेको छ । तर मौखिक धारणा राख्नलाई पनि फ्लोर ओपन हुने एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

रिजालले बैठकका निर्धारित र छरिता एजेण्डा भएकाले के गर्ने, के नगर्ने भन्ने समेत प्रतिवेदनमा आइसकेकाले बैठक बिहीबार नै समापन हुने जानकारी दिए ।हिजो सातै प्रदेशका अध्यक्षहरुले पार्टी संगठनको अवस्थाको विश्लेषणसहितको रिपोर्टिङ गरेका थिए ।

  • १० चैत्र २०७८, बिहीबार ०९:२० प्रकाशित