डिपिएल युथ बोर्डको महाधिवेशन पोखरामा हुने (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) युथ बोर्ड नेपालको राष्ट्रिय महाधिवेशन चैत्र ११ र १२ गते पोखरामा हुने भएको छ । बोर्डले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी महाधिवेशन वारे जानकारी दिइएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतामा ११ गते महाधिवेशनको उद्याटन गर्ने कार्यक्रम रहेको डिपिएल गण्डकीका अध्यक्ष बसन्त गिरीले जानकारी दिए ।

महाधिवेशनमा पोखरा करिब ३ सय प्रतिनिधि सहभागी हुने गिरीले जानकारी दिए ।युवापिढिलाई पठन संस्कृति प्रति आकर्षीत गर्ने उदेश्यले बोर्डको स्थापना भएको बोर्डका अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिए ।

९ वर्ष पहिले झापामा स्थापना भएको डिपिएल हाल देशभरी गरी १७ वटा शाखा रहेको न्यौपानेले बताए । लाईब्रेरी मार्फत उद्यामशिलता, बहस, कला, साहित्य, लेखनशिप कला, बक्तित्वकला, नेतृत्व विकास, शिप विकास कार्यक्रमबाट युवाहरु संगिठित र लाभन्वित भएको कार्यक्रममा जानकारी दिइयो ।

महाधिवेशन आयोजक समिति संयोजक राजकुमार भण्डारीले सबैको सहयोगले महाधिवेशन सफलता तर्फ उन्मुख रहेको बताए ।
बोर्डले देशभरका सबै पालिकामा एक एक वटा शाखा विस्तार गर्ने उदेश्य लिएको बताइएको छ ।

  • ९ चैत्र २०७८, बुधबार १८:०० प्रकाशित