भारतबाट हुने विद्युत आयात ७० प्रतिशतले घट्योः यस्तो छ कारण

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतबाट हुने विद्युत आयात प्रभावित भएको छ। भारतमा विद्य्तको मूल्य वृद्धि हुदाँ किन्न नसकेपछि नेपालमा विद्युत् आयात प्रभावित भएको विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको अनुसार नेपालमा दैनिक हुने बिजुली आयात करिब ७० प्रतिशतले घटेको छ । यसले मागअनुसार विद्युत आपूर्तिमा समस्या पर्ने देखिएको छ ।

नदीमा पानीको सतह घट्ने भएकाले चैत महिना भारतबाट सबैभन्दा बढी विद्युत ल्याउनुपर्छ । विद्युत प्राधिकरणको अनुसार दैनिक १२ हजार मेगावाटरआवर बिजुली भारतबाट ल्याउनुपर्छ ।

तर, भारतमा बिजुली चरम रुपमा महगिंदा आयात गर्न कठिन भएको बताइएको छ। नेपालले हालेको रेट भन्दा बढी मूल्यमा अरुले देशले बिजुली खरिद गरेपछि नेपालमा विद्युत आपूर्ति आयात प्रभावित भएको हो ।यसले गर्दा प्राधिकरणले उद्योगहरुमा दिने बिजुली कटौती गर्न थालेको छ ।

युक्रेन(रुस युद्ध सुरू भएपछि भारतमा बिजुलीको मूल्य आकासिएको छ ।

  • ९ चैत्र २०७८, बुधबार १३:३५ प्रकाशित