१४ वर्ष कैद सजाय माग गर्दै पल शाहविरुद्ध मुद्धा दर्ता

केन्द्रभाग मिडिया

पोखरा ।

प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहमाथि मुद्धा दर्ता भएको छ ।

शाहमाथि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय तनहुँको अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा दर्ता भएको हो ।

  • ८ चैत्र २०७८, मंगलवार १४:३१ प्रकाशित