फोहोर सम्पत्ति हो, बेचेर पैसा कमाउन सकिन्छ (प्रकाश आचार्यसंगको कुराकानी)

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाको ल्यान्डफिल साईड व्यवस्थापन शाखाका अनुसार ल्याण्डफिल साइडमा दैनिक ११० टन फोहोर जाने गरेको छ । त्यसमध्ये ६४.७४ प्रतिशत कुहिने फोहोर, १४.५७ प्रशोधन गरेर पुन प्रयोगमा ल्याउन सकिने फोहोर र २०.६९ प्रतिशत फोहोर ल्यान्डफिल्डमा लैजानैपर्ने फोहोर हो ।

त्यसैगरी झण्डै १५ टन फोहोर नागरिकले खोलानाला र सार्वजनिक स्थलमा जथाभावी फल्ने गरेका छन् यस्तो फोहोर पोखराका सडक गल्ली, खोल्सा र खोलामा पुग्ने गरेको छ । पोखराको फिर्के, बुँलौंदी र सेती नहरमा फालिने फोहोर फेवातालमा पुग्दा तालको तल्लो भाग निकै नै प्रद्धुशित बनेको छ । तर यसरी फालिने र ल्याण्डफिल साइड पु¥याइने फोहोरलाई कुहिने र नकुहिने गरेर छुट्याएर बेच्ने हो भने अधिकांस फोहोर घरमै व्यवस्थापन हुन्छ ।

ग्रिन भ्याली बहुउद्देस्यीय सहकारी संस्थाका अध्यक्ष प्रकाश आचार्य फोहोरलाई फोहोरको रुपमा नलिई यसलाई सम्पत्तिको रुपमा लिनुपर्ने र फोहोर दिने अनि पैसा पनि दिने होइन, फोहार बेचेर पैसा कमाउनुपर्ने बताउँछन ।

सुन्नुहोस् कसरी कमाउन सकिन्छ फोहोर बेचेर पैसा ?

 

 

  • ७ चैत्र २०७८, सोमबार १८:३४ प्रकाशित