शिक्षामन्त्री पौडेलको स्पष्टी : भने,‘शिक्षा सम्झौँता संघीयता विपरीत छैन’

केन्द्रभाग मिडिया

पोखरा ।

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग भएको सम्झौता संघियता विपरीत नभएको स्पष्ट पारेका छन् ।

केही विज्ञहरुले सम्झौतालाई लिएर अनावश्यक टिप्पणी गरेको बताउँदै मन्त्री पौडेलले विद्यालय शिक्षालाई सुर्धान ५१ वँुदे सम्झौंता गरेको हुँदा त्यसलाई गहिरोसँग अध्ययन गर्न विज्ञलाई सुझाव समेत दिए ।

पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी मा विको हीरक जयन्तीको सोमवार उद्घाटन गर्दै मन्त्री पौडेलले सामुदायिक विद्यालयलाई गुणस्तरीय वनाएर मात्रै, निजी विद्यालयलाई गाँभ्ने गरी राज्यले निती ल्याउन लागेको वताए ।

उनले ५१ वँुदे शिक्षा सुधारले तीनवटै तहको शिक्षालाई थप गुणस्तरीय वनाउने विश्वास व्यक्त गरे। अर्को वर्षदेखि एसईई परीक्षा प्रदेशवाटै संचालन हुने वताउदै मन्त्री पौडेलले कोभिडलाई देखाएर शैक्षिक सत्र परिवर्तन नहुने पनि स्पष्ट पारे ।

गण्डकी प्रदेशका भौतिक, शहरी विकास मन्त्री कुमार खड्काले देशको शिक्षा प्रणाली माथि नै प्रश्न उठाउदै शिक्षा क्षेत्र वेरोजगार उत्पादन गर्ने कारखानामा सिमित बनेको बताए ।

अर्का संचार, कानुन तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले आई टी पार्क निर्माणको प्रक्रिया शुरु गरेको बताए । प्रतिनिधी सभाका सदस्य विद्या भट्टराईले देशको विद्यमान शिक्षा प्रणलीलाई सुधार नगरी देशको समग्र विकास हुन नसक्ने बताए ।

  • ७ चैत्र २०७८, सोमबार १६:४७ प्रकाशित