निर्यातमा नेपालको रेकर्डः ८ महिनामा १४७ अर्बको निर्यात

केन्द्रभाग मिडिया

काठमाडौं ।

आयातित सामानमा निर्भर नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को मा नेपालले निर्यात व्यापारमा रेकर्ड राखेको छ । ८ महिनामै साउन–फागुन निर्यात व्यापारमा रेकर्ड कायम भएको छ । भन्सार विभागका अनुसार इतिहासमै नेपालले सबैभन्दा धेरै रकम बराबरको निर्यात व्यापार गर्न सफल भएको हो ।

चालु आवको फागुन मसान्तसम्म नेपालले १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको रहेको थियो ।

यससँगै निर्यात व्यापारले ८ महिनामै नयाँ रेकर्ड राख्न सफल भएको हो । गत आवमा इतिहासमै पहिलो पटक एक खर्ब माथिको निर्यात पुगेकोमा सो रेकर्ड तोड्दै यस वर्ष निर्यातले उत्साहजनक रेकर्ड राखेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तसम्म भने ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । यस वर्ष निर्यातमा ४४.४३ प्रतिशतको वृद्धि भएको छ ।

भन्सार विभागका अनुसार यस वर्ष फागुन महिनामै निर्यातको उत्साहजनक आंकडा आएको छ । फागुनमा मात्र १६ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।भन्सार विभागको तथ्यांक अनुसार माघ मसान्तसम्म १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु नेपालले निर्यात गरेको थियो । फागुनमा यो आंकडा १४७ अर्ब भन्दा माथि पुगेको हो ।

  • ७ चैत्र २०७८, सोमबार १६:२९ प्रकाशित