सरकारको निर्वाचन सार्ने कुनै मनसाय छैनः प्रम देउवा

केन्द्रभाग मिडिया

विराटनगर ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएको बताएका छन् ।

प्रमुख विपक्षी पार्टी नेकपा एमालेले बारम्बार सरकारले चुनाव सार्ने षडयन्त्र गरिरहेको आरोप लगाईरहेको बेला देउवाले स्पष्टी दिदैँ तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने बताएका हुन्।

आज मोरङ पुगेका देउवाले सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रममा आज बोल्दै यस्तो बताएका हुन् । उनले भने,‘निर्वाचन आयोगले निर्वाचन गराउने हो, सरकारले सहयोग गर्ने हो, निर्वाचन आयोग कटिबद्ध भएर निर्वाचन गराएरै छोड्ने प्रतिबद्धता जाहेर गरेको छ,’ देउवाले भने, ‘सरकारको पनि निर्वाचन सार्ने कुनै मनसाय पनि छैन ।’

  • ७ चैत्र २०७८, सोमबार १४:३८ प्रकाशित