माधवलाई प्रचण्डको फोनः भने,कांग्रेसलाई नकुरौं, चुनावी तालमेल सुरु गरौं’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग चुनावी तालमेलको तयारी गर्न प्रस्ताव गरेका छन् । प्रचण्डले नेपाललाई फोन गरि चुनावी तालमेलका विषयमा कांग्रेसलाई नपर्खी अगाडि बढ्न प्रस्ताव गरेका हुन् ।

प्रचण्डले कांग्रेसभित्र चुनावी तालमेलबारे विवाद रहेको अवस्थामा आफ्नो तर्फको तयारी रोक्न नहुने बताएका हुन् । प्रचण्डले गरेको प्रस्तावबारे नेकपा एसका अध्यक्ष नेपालले आफूनिकट नेता कार्यकर्ताहरूसँग परामर्श गरेका छन् ।

आजमात्रै साँखुमा आयोजित पार्टीको एक कार्यक्रममा अध्यक्ष नेपालले कांग्रेसले निर्णय नलिए पनि आपसमा मिलेर चुनावी तालमेलबारे तयारी गर्न प्रस्ताव गरेको खुलाएका हुन् ।

  • ७ चैत्र २०७८, सोमबार १३:२१ प्रकाशित