बेसीशहर-चामे सडक पुनः १० दिन बन्द

केन्द्रभाग मिडिया

लमजुङ ।

मनाङ जोडने एक मात्र बेसीशहर-चामे सडक पुन: १० दिन बन्द भएको छ ।

बेसीशहर-चामे सडक अन्तर्गत मनाङ सडकखण्डको तिमाङ छहरामा निर्माण सम्पन्न भएको कल्भर्टको ढलान पूर्ण रूपमा सेट नभएकाले हिजो चैत्र ६ गतेदेखि चैत १५ सम्म १० दिन पुनः सडक बन्द गरिएको हो । पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले जनाएको छ ।

नासों गाउँपालिका(९ तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गरिएको छ। उक्त पुल गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो ।

मनाङ जिल्ला प्रवेश गर्ने सडकमार्ग बेशीसहर चामे खण्डको तिमाङ छहरामा दुईवटा ठाउँमा कल्भर्ट पुलको स्ल्याब ढलान कार्य सम्पन्न भएको र प्राविधिक हिसाबले सेट हुन १५ दिन लाग्ने भएकाले उक्त अवधिका लागि सडक बन्द गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए ।

  • ७ चैत्र २०७८, सोमबार ०९:१६ प्रकाशित