मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

काठमाडौं ।

मलद्धारमा सुन लुकाएर ल्याउने एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

दुवईबाट काठमाडौं आएका भारतको पञ्जाब घर भएका शुभम् मेहरा सुनसहित पक्राउ परेका हुन् ।महानगरीय अपराध महाशाखा र विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले मेहराले मलद्वारमा लुकाएर ल्याएको १२ सय ७० ग्राम सुन बरामद गरेको छ ।

नेपाल वायुसेवा निगमको जहाँबाट काठमाडौं ओर्लिएका उनलाई शंका लागेर चेकजाँच गर्दा मलद्वारभित्र सुन भेटिएको थियो ।

  • ६ चैत्र २०७८, आईतवार १६:५९ प्रकाशित