नायिका प्रियंका कार्की सीआईबीको अनुसन्धानमा! यस्तो छ कारण

केन्द्रभाग मिडिया

काठमाडौं ।

नायिका प्रियंका कार्कीलाई सीआईबीले बोलाएको छ।

डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्युरोले उनलाई अनुसन्धानको दायरामा ल्याएको बताइएको छ।आइतबार उनलाई ब्युरोमा बोलाइएको हो । उनको बयान भइरहेको ब्युरोले बताएको छ ।

केही समयअघि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर उनले भनेकी थिइन्–‘क्रिप्टोकरेन्सी मा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’ नेपाल राष्ट्रबैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ ।

  • ६ चैत्र २०७८, आईतवार १५:५५ प्रकाशित