पोखरा ।
हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।
मौसम पूर्वानुमान महाशाखाले देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।