राष्ट्र बैंकको निर्देशन नमान्ने १४ वाणिज्य बैंक कारबाहीमा(नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको उल्लंघन गरेको भन्दै १४ वटा वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले कारबाही गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा निर्देशन नमान्ने ती १४ बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा प्रभु बैंक,नेपाल बैंक,राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबिआई, नेपाल बंगलादेश, एनसीसी, सिटिजन्स, सनराइज, मेगा, सेन्चुरी बैंक, स्टान्डर्ड चार्टर्ड र एनएमबी बैंक रहेका छन् ।

तीन महिना अघि मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरेको, केही कम्पनीहरुको खाता रोक्का राख्न दिएको निर्देशन पालना नभएको, मुद्दती निक्षेप र साधारण निक्षेपको ब्याजअन्तर ५ प्रतिशतभन्दा बढी राखेको, निर्देशन अनुसार अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात कायम नगरेको लगायत विषयमा यी बैंकहरुलाई कारबाही गरिएको हो।

  • २ चैत्र २०७८, बुधबार १४:१९ प्रकाशित