इन्जिनियरको चुनावमा कांग्रेस निकट सिडेनको प्यानल विजयी

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल इन्जिनियर्स एसोसिएनको निर्वाचनमा कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को प्यानल विजयी भएको छ ।

डा. हरिबहादुर दर्लामीको नेतृत्वमा ३३ औँ केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दिएका २३ जना नै विजयी भएका हुन् ।

अध्यक्षमा दर्लामी ३७३२ मत प्राप्त गरी विजयी भएका हुन् ।

दर्लामीको प्यानलबाट उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा रविभुषण झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी र सह कोषाध्यक्षमा दिपक अधिकारी विजयी भएका छन् ।

एसोसियसनको निर्वाचनका लागि पाँच समूहले प्रतिस्पर्धा गरेका थिए । कांग्रेसबाट दिलीपकुमार झाको नेतृत्वमा अर्को बागी उम्मेदवारको समूहले पनि प्रतिस्पर्धा गरेको थियो । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी निकट इन्जिनियरहरुको छुट्टै प्यानल थियो ।

एमाले र लोकतान्त्रिक समाजवादी पक्षका इन्जिनियरहरुले गठबन्धन बनाएका थिए । मजदुर किसान पार्टी निकटका इन्जिनियरहरुले पहिलोपटक केन्द्रमा प्यानल खडा गरेर प्रतिस्पर्धा गरेका थिए ।

  • २ चैत्र २०७८, बुधबार ११:०६ प्रकाशित