रुस र युक्रेन युद्धको रिर्पोटिङको क्रममा दुई पत्रकार मारिए

केन्द्रभाग मिडिया

काठमाडौं ।

रुस र युक्रेनबीच भएको युद्धको समाचार संकलनका क्रममा रहेका फक्स न्यूजका दुई जना पत्रकार युक्रेनमा मारिएका छन् ।

युक्रेनको राजधानी​ किभको बाहिरी भागस्थित होरेन्कामा उनीहरु सवार गाडीमा गोलाबारी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

यसअघि उनीहरुका सहकर्मी ३९ वर्षीय बेन्जामिन हल घाइते भएका थिए भने उनको अस्पतालमा उपचार भईरहेको छ ।

  • २ चैत्र २०७८, बुधबार ०९:३२ प्रकाशित