वन विज्ञान पोखरा क्याम्पसमा घिमिरेको नेतृत्वमा नेविसंघको समिति चयन

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल विधार्थी संघ (नेविसंघ) वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा नयाँ समिति चयन भएको छ । इकाइको ३५ औं अधिबेशनबाट आशिष घिमिरेको नेतृत्वमा १३ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।

सममितिको उप–सभापतिमा सन्दिप महरा र मुबारक खाँन चयन भएका छन् । त्यसस्तै सचिवमा निमेस तिवारी, सहसचिवमा चन्द्र प्रकाश शाही र कृती पौडेल र कोषाध्यक्षमा र्कीतन पण्डित चयन भएका छन् ।

सदस्यहरुमा गुञ्जन अधिकारी, सपना अधिकारी, दिपक कुमार मण्डल, रीतुराज झा, प्रतिमा भट्टराई र फैजन अन्सारी रहेका छन् ।
ज्ञानेन्द्र रेग्मी, दिपक ओली र खगेन्द्र केसीको निर्वाचन कमिटीले इकाईको निर्वाचन गराएको थियो ।

  • १ चैत्र २०७८, मंगलवार १०:४० प्रकाशित