सपुतको गीत ‘पीर’मा प्रचण्ड प्रतिक्रिया, ‘उत्तेजित हुनुपर्ने त्यस्तो केही छैन’

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’को भिडियोको विषयलाई लिएर माओवादी केन्द्रका भातृ संगटनहरुले आपत्ति जनाईरहेका बेला नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् ।

प्रचण्डले सोमबार धनगढी विमानस्थलमा पत्रकारको जिज्ञासा मेटाउने क्रममा म्युजिक भिडियो हेर्न नपाएपनि त्यस विषयलाई लिएर कोही उत्तेजित हुन नपर्ने प्रतिक्रिया दिए । ‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन’ उनले भने ।

शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्‍यो भन्ने पनि नरहेको उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने उनको भनाई छ । तर, यो विषयमा सयौं वर्षसम्म पनि बहस भने रहने उल्लेख गर्दै प्रचण्डले तर्क/वितर्क,पक्ष र विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने धारणा राखे ।

  • ३० फाल्गुन २०७८, सोमबार १०:२४ प्रकाशित