गण्डकी अपडेटः कास्की रुपा गाउँपालिकाका एक संक्रमितको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा थप एक संक्रमितको ज्यान गएको छ।

कास्की रुपा गाउँपालिका ५ का २८ वर्षीय युवकको उपचारको क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ४६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १३६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।भने सोही समयमा २२ जना संक्रणमुक्त भएका छन् ।

बागलुङका ३ र स्याङ्जाका एक जना रहेका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ९४९ पुगेको छ भने निको हुनेको संख्या १ लाख ३३८ पुगेको छ ।

हाल प्रदेशमा १४५ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये १२२ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ।

  • २६ फाल्गुन २०७८, बिहीबार १७:०९ प्रकाशित