अब नेपाल आउँदा पीसीआर रिपोर्ट वा खोप कार्ड देखाए पुग्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल आउँदा अब पीसीआर रिपोर्ट वा खोप कार्ड देखाए पुग्ने भएको छ ।

कोभिड संकट रोकथाम तथा नियन्त्रणका लागि दुई वर्ष अघिबाट नेपाल आगमनसम्बन्धी लागू गरिएका सबै प्रावधान खारेज गर्दै नयाँ ‘ट्राभल एडभाइजरी’जारी भएको हो ।

अब विदेशबाट आउँदा कोरोना परीक्षणको नेगेटिभ पीसीआर रिपोर्ट वा पूर्ण मात्रामा खोप लगाएको कार्ड पेस गरे पुग्ने भएको छ । त्यस्तै विदेशबाट नेपाल आउँदा तोकिएको क्वारेन्टाइन बस्नुपर्ने प्रावधान पनि हटाइएको छ ।

  • २६ फाल्गुन २०७८, बिहीबार १६:४१ प्रकाशित