काठमाडौं ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो हुदैँमा काँग्रेस नबौरिने भनाई राखेका छन् ।मोरङको रंगेली पुगेका ओलीले कार्यक्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने,‘ ‘अब काँग्रेसमा लागेर केही काम छैन । काँग्रेस बिस्तारै बिस्तारै बुढो हुँदैछ । बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो,’ ओलीले भने, ‘चुनाव चिन्ह हरियो हुँदा काँग्रेस बौरिँदैन ।’
यस्तै काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको ओलीको आरोप छ ।उनले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिए ।














