पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनताको ढाड सेक्ने गरि हप्ता दिन हप्ता दिनमै पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेपछि मुल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसद् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रण गर्न निर्देशन दिएको हो । समिति सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको बताए ।नेपाल आयल निगमा उचित माग सम्बोधन गर्न पनि सरकारलाई सचेत गराइएको श्रीवास्तवले जानकारी दिए ।

उपभोक्तालाई मार नपर्ने गरी सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गर्न समितिले आदेश दिएको छ । पछिल्लो समय नेपालमा पेट्रोलको मुल्य वृद्धि भएर १५० पुगेको छ।

  • २५ फाल्गुन २०७८, बुधबार १५:२२ प्रकाशित