माधव नेपालले भने,‘अझै शक्तिशाली छु भन्ने ओलीको भ्रम चुनावमा तोडिन्छ’

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको भ्रम चुनावमा तोडिने बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीमा अझै पनि शक्तिशाली छु भन्ने दम्भ र भ्रम रहेको बताउँदै चुनावमा तोडिने बताएका हुन् । उनले भने,‘ ‘कुनै मान्छेहरूलाई अझै पनि शक्तिशाली हामी हौँ भन्ने भ्रम छ । ती भ्रम समयक्रममा खुल्दै जानेछन् । स्थानीय निर्वाचनले पुष्टि गर्छ’।

यस्तै उनले ओलीले गठबन्धन दल बीचमा अविस्वास पैदा गर्ने र गठबन्धन तोड्ने प्रयास गरिरहेको अरोप लगाए ।

‘गठबन्धन बीचमा अविश्वास पैदा गर्ने र सत्ता गठबन्धनलाई तोड्ने षड्यन्त्र अझै भइरहेको छ’, अध्यक्ष नेपालले भने । उनले यसअघि एमसीसीको नाममा आफ्नो पार्टीका १४ सांसदलाई कारवाही गरेर काँग्रेससँग मिल्ने योजनामा लागेका ओली सफल नभएको पनि बताए ।

  • २५ फाल्गुन २०७८, बुधबार १३:१६ प्रकाशित