कांग्रेसले खटायो ७७ वटै जिल्लामा केन्द्रीय नेता: को- कहाँ? (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले चुनावी गतिविधि तिव्र पार्न थालेको छ। कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचन लक्षित अभियान नै सञ्चालन गर्ने भएको छ। सो अभियानका लागि कांग्रेसले देशका ७७ वटै जिल्लामा पदाधिकारी र केन्द्रीय सदस्य खटाएको छ।

‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ अभियानअन्तर्गत कांग्रेसले देशभर केन्द्रीय प्रतिनिधि परिचालन गरेको हो।केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पार्टीको केन्द्रीय कार्यालय सानेपा बोलाएर निर्देशन दिएका थिए।

कांग्रेसले प्रतिनिधिका रूपमा खटाइएका प्रतिनिधिहरूलाई फागुन २७ गतेभित्र सम्बन्धित जिल्लामा पुग्न निर्देशन दिएको छ।

  • २५ फाल्गुन २०७८, बुधबार १०:०४ प्रकाशित