युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भनेः ‘रुसविरुद्धको लडाई छोड्दैनौँ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसविरुद्धको लडाइ नछोड्ने बताएका छन् ।

बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै जेलेन्स्कीले युद्ध अन्त्य नहुने बेलासम्म युक्रेन रुसविरुद्ध लडिरहने प्रतिबद्धता जनाए । ‘हामीले आत्मसमर्पण गर्दैनौँ । हाम्रो भूमिका लागि निरन्तर लडिरहनेछौं ’ भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने ।

रुसविरुद्धको लडाइमा आफूहरु जंगल, मैदान, समुद्री किनार र सडकबाटसमेत लड्न तयार रहेको उनले बताए ।

  • २५ फाल्गुन २०७८, बुधबार ०९:३७ प्रकाशित