आजको लडाई जनादेशी र परमादेशी : अध्यक्ष ओली

केन्द्रभाग मिडिया

पोखरा ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको लडाई परमादेश र जनादेशका शक्तिबीचको रहेको बताएका छन् , पोखरा भएको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गदै ओलीले यस्तो बताएका हुन् । इतिहासमा भएका राम र रावण, कृष्ण र कंस अनि कौरव र पाण्डबबीचको लडाईको उदाहरण दिदै अहिले सत्यको पक्षमा जनादेशी र असत्य शक्ति परमादेशीबीच लडाइँ चलेको बताए ।

कार्यकर्तालाई परमादेशविरुद्ध खुलेर सामना गर्न उनले निर्देशन दिए । एमाले जनताबाट निर्वाचित भएर आउने पार्टी भएकाले कसैको आदेश र परमादेश स्वीकार्य नहुने ओलीले बताए ।

परमादेशबटाट युद्धका नियम तोडिएको बताएका ओलीले आफूहरू लडाइँ र खेलको नियम नतोडी प्रतिस्पर्धी ढंगले प्रस्तुत हुने बताए । नियम उल्लंघन गरेर आफ्नो नेतृत्वको सरकार ढालिएको भन्दै उनले आफूहरूको गन्तव्य सुखी नेपाली र समृद्ध नेपाल रहेको दावी गरे ।
अरु पार्टीबाट एमाले प्रवेश गरेकाहरुलाई आस्वस्थ पादै ओलीले एमालेमा लागेर पद र अवसर पाइनँ भन्ने गुनासो आएको भन्दै उनले कहिन कहि अवसर प्राप्त हुने आश्वासन दिए ।

नेकपा एमाले लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शिता आदिलाई आत्मसात गर्दै अघि बढीरहेको बताउँदै उनले एमालेको विचार, व्यवहार, निष्ठता अन्यसँग तुलना गर्न नकिल्ने जिकिर गरे ।

सोही कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित ४ सय जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

  • २४ फाल्गुन २०७८, मंगलवार १४:३६ प्रकाशित