समाजवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नवप्रवेशीलाई स्वागत गरेका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी, संविधान सभा सदस्य डिबी नेपालीलगायतका नेतालाई ओलीले स्वागत गरेका हुन् ।

पोखरामा भएको अगुवा कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रममा करिब ४ सय जना एमाले प्रवेश गरेको बताइएको छ । जसपाका ९ जना केन्द्रीयसहित प्रदेश पदाधिकारी, जिल्ला सदस्य र भातृसंगठनका पदाधिकारी तथा सदस्य एमालेमा प्रवेश गरेका हुन् ।

  • २४ फाल्गुन २०७८, मंगलवार १४:२२ प्रकाशित