पोखरा ।
गण्डकी प्रदेशमा ५ संक्रमित थपिएका छन् । भने १५ जना संक्रणमुक्त भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।पछिल्लो २४ घण्टामा १३२ जनामा परीक्षण गरिएको निर्देशनालयले जानकारी दिएको छ।
संक्रमित हुनेमा कास्कीका १,मुस्ताङका २ र म्याग्दीका २ जना रहेका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ९३२ पुगेको छ भने निको हुनेको संख्या १ लाख २९५ पुगेको छ ।
हाल प्रदेशमा १७२ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये १४६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४६५ रहेको छ।