गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य सवार गाडी दुर्घटनामा परेको छ ।
तनहुँमा सोमबार बिहान तनहुँको व्यास नगरपालिका–१ सुगम पेट्रोल पम्प अगाडी मन्त्री आचार्य सवार गाडी दुर्घटनामा परेको हो । मोटरसाइकललाई जोगाउन खोज्दा तीव्र गतिमा गुडिरहेको मन्त्री सवार गाडी बिजुलीको पोलमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ग १ झ ६०० नम्बरको स्कार्पियोले साइड(लाइट नबाली दायाँतिर सडक पार गर्न लागेको मोटरसाइकललाई जोगाउँदा बिजुलीको पोलमा ठोक्किएको मन्त्री आचार्यका स्वकीय सचिव कुमार तिवारीले बताए ।उनको अनुसार नवलपुरबाट पोखरा फर्किँदै गर्दा दमौलीमा दुर्घटना भएको हो । दुर्घटनामा कसैलाई केही भएको छैन ।