पोखरा ।
पोखरा महानगरपालिका आज बन्द रहेको छ। महानगरले आज फागुन २३ गते सोमबारका लागि बिदा दिएको हो । पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च तथा राप्रपा नेता गणेश शेरचनको निधनमा शोक बिदा दिएको हो ।
महानगरका प्रवक्ता एवं पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले शोक विज्ञप्ति जारी गर्दै बिदा बारे हिजै जानकारी दिएका हुन्।आज महानगर कार्यापालिकाको कार्यालय र यस अन्तर्गतका कार्यालयहरु बन्द रहने विज्ञप्तिमा उल्लेख छ ।
पूर्व प्रधानपञ्च गणेश शेरचनको आज बिहान काठमाडौंमा निधन भएको थियो । शेरचनको निधनप्रति महानगरपालिका कार्यालयले दुःख व्यक्त गरेको छ ।