तेलको मुल्यमा चर्को वृद्धि

केन्द्रभाग मिडिया

काठमाडौं ।

रुस-युक्रेन युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा चर्को वृद्धि भएको छ ।

संयुक्त राज्य अमेरिका र युरोपेली संघले रुसी निर्यातमाथि प्रतिबन्ध लगाउन सक्ने समाचारहरु बाहिरिरहँदा तेलको भाउमा व्यापक वृद्धि भएको हो ।

कच्चा तेलको मुल्य प्रतिब्यारल १३८ डलर पुगेको छ । तेलको मूल्य सन् २००८ यताकै उच्च तहमा पुगेको छ ।

बीबीसीका अनुसार विवरणहरूमा जनाइएअनुसार तेलको मूल्य हालसम्मकै उच्च पुग्ने दिशामा उन्मुख छ ।युरोपलगायत अन्य देशहरूमा धातुका साथै गहुँ, मकैलगायत वस्तुको मूल्यमा पनि व्यापक वृद्धि भएको छ ।

  • २३ फाल्गुन २०७८, सोमबार १०:२५ प्रकाशित